प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्त

२० असोज, काठमाडौं । प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति भएका छन् ।

संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

राउतले आज दिउँसो १ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ खानेछन् ।

अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् ।

संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो ।

उनी साढे एक वर्ष प्रधानन्यायाधीश रहनेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours