आइतबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

२० असाेज, काठमाडाैं । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार ४०० रुपैयाँले बढेको सुनको भाउ आइतबार प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

आइतबार छापावाला सुनको भाउ १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ६५३ दशमलव २५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३२ दशमलव २३ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours