उपत्यकाका बाढीपीडितलाई चिनियाँ कम्युनिस्ट पार्टीले उपलब्ध गरायो अत्यावश्यक राहत सामग्री

१८ असाेज, काठमाडाैं । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपालका राजनीतिक दलहरुलाई बाढीपीडितका लागि राहत सामग्री उपलब्ध गराएको छ।

कुल १ करोड ९० लाख ७० हजार रुपैयाँबराबरको सामग्री विभागले उपलब्ध गराएको छ।

७५औँ चिनियाँ राष्ट्रिय दिसको अवसरमा विभागले काठमाडौं महानगरपालिका १२ स्थित श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा एक कार्यक्रममाझ सहयोग उपलब्ध गराएको हो।

कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर वाङ सिन, नेपालका मुख्य राजनीतिक दलका प्रतिनिधि, ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसनको नेपालस्थित कार्यालयका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो। 

कार्यक्रममा नै अत्यावश्यक वस्तु र खाद्यान्न प्याकेजहरु ६० घरलाई उपलब्ध गराइएको थियो।

गत हप्ता अविरल वर्षातपछि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थान डुबानमा परेका थिए। वर्षाले बाढी र पहिरो जाँदा सडक, पुल, घरगाउँमा व्यापक जनधनको क्षति भएको थियो। सीपीसी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले चाइना फाउन्डेसनको सहकार्यमा ‘कठिनाइसँग हातेमालो’स्वरुप प्रभावितहरुका लागि मानवीय सहायता उपलब्ध गराएको जनाएको छ।

बाढीपीडितका लागि १ हजार २ सय ४२ सेट राहत सामग्री परिचालनमा सहयोग गरेको विभागले जनाएको छ। यसमा ब्रस, मञ्जन, गम्छा, साबुन, स्यानिटरी प्याड, प्रेसर कुकर, ब्ल्यांकेट, झुल, स्लिपिङ म्याट, पानीका जार डिस्पेन्सर र मग, चामल ,तेल, दलहनलगायतका अत्यावश्यकी सामग्री उपलब्ध गराइएको विभागले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

विभागको यो तत्परताप्रति अन्य संघ संस्था पनि राहत वितरणमा इच्छुक देखिएको बताइएको छ। नेपाली समुदायलाई कठिन समयबाट पार पाउन हर्दम सहयोगका लागि सीपीसी विभागले सँगसँगै काम गरिरहेको जनाइएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours