प्रदर्शनरत चलचित्रका दृश्य खिचेर सामाजिक सञ्जालमा नराख्न बोर्डको आग्रह

१८ असाेज, काठमाडाैं । प्रदर्शनरत चलचित्रका दृश्यहरू टिकटक र फेसबुक रिल्समा देखिन थालेपछि चलचित्र विकास बोर्डले सचेत गराएको छ।

बाृेर्डले मोबाइलबाट फिल्मका महत्त्वपूर्ण दृश्य खिचेर सामाजिक सञ्जालमा अपलोड नगर्न आग्रह गरेको हो।

बोर्डले शुक्रबार एक सूचना जारी गर्दै प्रतिलिपि अधिकार उल्लंघन गर्नेलाई कानूनी कारबाहीको समेत चेतावनी दिएको छ।

‘हाल नेपालमा प्रदर्शनरत नेपाली चलचित्रहरूको मुख्य–मुख्य अंशहरूको भिडिओ सामाजिक सञ्जाल भरी व्याप्त भइरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ। यसरी चलचित्रको मुख्य अंशहरूको अनधिकृत दुरूपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने अवस्था रहन जान्छ। अर्काको सिर्जना तथा सम्पतिको गैर कानुनीरूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनीरूपमा दण्डनीय अपराध हो,’ सूचनामा उल्लेख छ।

यस्तो गरिएको पाइमेमा प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएको उपकरण जफत हुनुको साथै दण्ड, जरिवाना र क्षतिपूर्ति समेत गर्नुपर्ने तर्फ बोर्डले सचेत गराएको छ।

पछिल्लो साता फिल्ममा चलचित्र बेहुली फ्रम मेघौली, शाम्बाला लगायतका चलचित्र प्रदर्शनरत छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours