‘सिकन्दर’ नआउँदै सलमानले घोषणा गरे ‘किक २’

१८ असाेज, काठमाडौं । एकातिर सलमान खानको नयाँ फिल्म ‘सिकन्दर’लाई लिएर प्रतीक्षा भैरहँदा अभिनेताले शुक्रबार अर्को फिल्म ‘किक २’को घोषणा गरेका छन् । फोटोसुटको पहिलो तस्वीर सेयर गर्दै उनले यसबारे जानकारी दिए ।

फोटोमा सलमानको बडी र ड्यासिङ लुक देखेर प्रशंसक उत्साहित छन् । यो फिल्मबाट ‘भाइजान’को धमाकेदार पुनरागमन हुने आशा उनीहरुको छ ।

सन् २०२४ मा सलमानका एउटा पनि फिल्म प्रदर्शनमा आएको छैन । उनको अघिल्लो फिल्म ‘टाइगर ३’ गत जुनमा रिलिज भएको थियो ।

सलमानले नयाँ फिल्मको घोषणा गरेपछि फ्यानले सामाजिक संजालमा स्वागत गरेका छन् । एक फ्यान लेख्छन्, ‘सिकन्दर’, ‘किक २’ र एट्लीसँगको एक्सन थ्रिलर । सलमान भाइले बलियो कमब्याक गर्ने देखिन्छ । अर्का फ्यानले लेखेका छन्, ‘ठूलो हिट आउँदैछ । भाइजानसँग बलियो लाइनअप छ । अर्का फ्यानले कमेन्ट गरे, ‘डेभिल आइज ब्याक’ ।

साजिद नाडियाडवाला र सलमानले सन् २०१४ मा ‘किक’मार्फत ठूलो सफलता प्राप्त गरे । यो फिल्म साजिदको पहिलो निर्देशकीय फिल्म थियो । ‘किक’ ठूलो हिट साबित भयो । २०० करोड भारु क्लबमा प्रवेश गर्ने सलमानको पहिलो फिल्म समेत बन्यो ।

अहिले साजिद र सलमान ‘किक २’ को तयारीमा रहेकाले यो उत्साह झनै बढेको छ । सन् २०२५ को इदमा सलमानको ‘सिकन्दर’ पनि आउँदैछ । साजिदले निर्माण गरिरहेको ‘सिकन्दर’लाई एआर मुरुगादासले निर्देशन गर्दैछन् । फिल्ममा रश्मिका मन्दानाको पनि अभिनय छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours