अवरुद्ध मोबाइल नेटवर्कको समस्या समाधान गर्न रास्वपाको सरकारलाई ध्यानाकर्षण

१८ असोज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले मोबाइल नेटवर्कको समस्या बारे सरकारको ध्यानाकर्षण गराएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर रास्वपाका उपसभापति डीपी अर्यालले मोबाइल नेटवर्कमा भइरहेको समस्याको अवगत गराएका हुन् ।

पृथ्वीराजमार्ग अन्तर्गत नागढुङ्गादेखि मुङ्लिनसम्म नेपाल टेलिकम र एनसेलको नेटवर्कले काम नगरेको उपसभापति अर्यालले मन्त्री गुरुङलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । ती क्षेत्रमा फोन सम्पर्क एवं डाटामा देखिएको समस्या निराकरणका गर्न तत्काल अस्थायी समाधान खोज्न रास्वपाले सरकारलाई सुझाव दिएको छ ।

मोबाइल भ्यान प्रयोग गरेर समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours