तोलामा १ सय बढ्यो सुन

१७ असोज, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १ सय बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ६० हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६० हजार ८ सय रुपैयाँ थियो । गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँसम्म पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९३५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० रुपैयाँ कायम भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours