स्वस्तिमाको फिल्म ‘बेहुली फ्रम मेघौली’ को अग्रीम बुकिङ खुल्यो, मल्टिप्लेक्स हलले दिए उच्च शो

१५ असाेज, काठमाडौँ । घटस्थापनादेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को अग्रीम बुकिङ खुला गरिएको छ । यही असोज १७ गतेदेखि प्रदर्शनमा आउने फिल्मको राजधानीसहित नेपालभर अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो फिल्ममा उमेर कटेकी युवतीको बिहे गर्न आइपरेका अनेक समस्या देखाइएको छ । यो फिल्मले रिलिजअघि राम्रो चर्चा कमाएको छ भने फिल्ममा समावेश गीतले पनि दर्शकको मन जितेका छन् ।

फिल्मले मल्टिप्लेक्स हलमा पनि उच्च शो पाएको छ । सबैभन्दा बढी पर्दा भएको क्यूएफएक्स चेन अन्तर्गतका हलमा फिल्मले ३३ शो पाएको छ भने अन्य मल्टिप्लेक्स हलले पनि फिल्मलाई उच्च शो दिएका छन् ।

सामाजिक कथामा आधारित ‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमाका अलवा निश्चल बस्नेत, वसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेब्यु निर्देशकीय सिनेमा हो ।

स्वस्तिमालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours