दशैं नजिकिएसँगै गुल्मीमा बजार अनुगमन तीव्र

१५ असोज, गुल्मी । चाडपर्वलाई लक्ष्य गरेर गुल्मीमा खाद्यान्न पसलमा अनुगमन तीव्र पारिएको छ । चाडपर्वको मौका छोपेर बजारमा हुने कालो बजारी रोक्न घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा अनुगमन थालिएको हो ।

बर्सेनि सदरमुकाममा मात्रै अनुगमन गर्ने तर गाउँका पसलहरु नगरेकोप्रति गुनासो वढ्ने गरेको थियो । तर, यस पटक घरेलु तथा साना उद्योग कार्यालयले सदरमुकामसँगै गाउँमा रहेका पसलहरुमा अनुगमन केन्द्रित गरेको छ ।

जिल्ला सदरमुकाम तम्घास बजारसँगै ग्रामीण क्षेत्रमा रहेका पसलहरुमा अनुगमन गरिएको हो । त्यस क्रममा जिल्लाको इस्मा गाउँपालिका–२ छल्दी, रातचौर रातडाँडा, मुसीकोट नगरपालिका–३ ठूला पोखरा, बडागाउँ मैदान, मालिका गाउँपालिकाको वडानम्बर–२ दर्लिङ स्थित विभिन्न पसलहरुमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीमा प्रमुख राजीव अर्यालले बताए ।

अनुगमनको क्रममा म्याद गुज्रिएका तथा उत्पादन मिति उल्लेख नभएका खाद्य सामग्री सुजी, बेसन, बिस्कुट, पाउरोटी, भूजा, कोक, चीजबल, कुरकुरे जफत गरिएको थियो । केही पसलेहरुले व्यवसाय दर्ता नगरी चलाएका, व्यवसाय दर्ता नवीकरण फेल भएका पाइएको छ ।

खरिद बिक्री बिल तथा खाता व्यवस्थित नगरेको, व्यवसायको प्रकृति खुल्ने चिनारीसहितको बोर्ड नराखेका किराना पसल तथा होटल व्यवसायीलाई कानुनी दायरामा आउन सचेतना मुलक जानकारी प्रदान गर्नुको साथै सुधारको लागि निर्देशन दिइएको कार्यालय प्रमुख अर्यालले बताए ।

चाडपर्व नजिकिएसँगै गाउँगाउँमा स्थानीय तहरुले पनि बजार अनुगमनलाई तीव्र पारेका छन् ।

अनुगमनको क्रमम एकै ठाउमा पटक–पटक अटेर गरेर सुधानुपर्ने नसुधारे थप कारबाही पनि गरिने अर्यालले बताए । अनुगमनबाट फेला परेका सामग्रीहरु जिल्लाका सरोकारवालाहरुका बीच बरामद गरिएको सामाग्री नष्ट गरिने भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours