बेल्जियममा नेपाली संघ-संस्थाबीच अन्तरक्रिया

१५ असोज, बार्सिलोना । गैरआवासीय नेपाली संघ बेल्जियमले स्थानीय संघ-संस्था र पत्रकारहरूसँग सोमबार एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

लुभेनमा आयोजना गरिएको सो अन्तरक्रिया कार्यक्रमले आउँदा दिनहरूमा बेल्जियममा गरिने विविध कार्यक्रमहरू र योजनाहरूको गतिशील कार्यान्वयनमा वार्षिक क्यालेन्डर बनाउनेबारे छलफल भएको थियो । कार्यक्रममा ‘नेपाल हाउस’ बनाउनेबारे पनि छलफल भएको थियो ।

कार्यक्रममा राजदूत गेहेन्द्र राजभण्डारीले बेल्जियमको नेपाली समुदाय गतिशील र समुदायको विकासमा उत्प्रेरित एवं जीवन्त रहेको, र त्यसमा युरोपियन फ्लेभर भर्न सके अझ राम्रो हुने विचार राखे।

गैर आवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटाले बेल्जियमको नेपाली समुदायका काम र कार्यक्रमहरूमा पुनरावृत्ति नहोस, प्रभावकारी संचार बनोस् र आपसमा समझदारी बढोस् भनी यो कार्यक्रमको अयोजना गरिएको उल्लेख गरिन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours