सर्लाहीमा ३५ टन अवैध प्याजसहितको ट्रक बरामद

१५ असोज, जनकपुरधाम । भारतबाट ल्याएको ३५ टन अवैध प्याजसहितको ट्रक सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ । मलंगवा नगरपालिका ८ स्थित जेएच ०२ बीएम २९८१ नम्बरको १६ चक्के ट्रक सोमबार नियन्त्रणमा लिएको हो ।

प्याजको बिलबिजक र प्रज्ञापनपत्र नरहेकाले उक्त ट्रक नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिएको ३५ टन प्याज २८ लाख मूल्य बराबरको छ ।

ट्रक अन्दाजी ६० लाख बराबर गरी ८८ लाखको सामान रितपूर्वक कारबाहीको लागि चालकसहित राजश्वर अनुसन्धान कार्यालय पथलैया बारा पठाएको डिएसपी श्रेष्ठले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours