परराष्ट्र मन्त्री राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

१५ असाेज, वासिंगटन डीसी । परराष्ट्र मन्त्री आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच सोमबार भेटवार्ता भएको छ।

अमेरिकास्थित नेपाली राजदूतावासमा भएको सो भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसीसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डीसीस्थित नेपाली राजदूतवासले जनाएको छ।

एमसीसी कम्प्याक्ट अन्तर्गत नेपालको विद्युतीय प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नति सम्बन्धी परियोजना कार्यान्वयनमा गएका छन्। उक्त कम्प्याक्टमा एमसीसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिका आएकी परराष्ट्र मन्त्री डा राणा यहाँबाट कतारको दोहा प्रस्थान गर्नुअघि सो भेटघाट भएको हो।

You May Also Like

More From Author

+ There are no comments

Add yours