ओली आउँदा आधा घण्टा बन्द गरिएको विमानस्थल खुल्यो

१४ असाेज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किँदा आधा घण्टा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।

प्रधानमन्त्री ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गरेका छन् । यसअघि र पछि गरेर आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य उडान तथा अवतरण बन्द गरिएको थियो ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले प्रधानमन्त्रीको आगमनपछि अन्य नियमित उडान र अवतरण सुरु गरिएको जानकारी गराए । सडक यातायात प्रभावित भएपछि धेरै यात्रुले हवाई उडान रोजेपछि आइतबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढेको छ ।

आज बिहानैदेखि हरेक उडानमा २ घण्टासम्म ढिला भइरहेको थियो । यसमा झन् विमानस्थलमा आधा घण्टा बन्द गर्दा थप प्रभावित बनेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours