मृगौलाका बिरामी वरिष्ठ हवल्दार पुनलाई प्रहरी बृत गौशालाको आर्थिक सहयोग

१४,असोज,काठमाडौं । मृगौलाका बिरामी नेपाल प्रहरीका वरिष्ठ हवल्दार चित्र बहादुर पुन लाई प्रहरी बृत गौशालाले आर्थिक सहयोग गरेको छ। प्रहरी बृत गौशालाले आर्थिक सहयोग गरेको छ।

सल्यान जिल्ला सारदा नगरपालिका वडा नं. १४ घर भई हाल जिल्ला प्रहरी कार्यालय नेपालगंज वाँकेमा कार्यरत ४३ वार्षिय नेपाल प्रहरीका वरिष्ठ हवल्दार चित्र बहादुर पुन मृगौला सम्बन्धि विरामी भइ विगत ५ बर्ष देखि त्रि.वि. शिक्षण अस्पताल महाराजगंजमा मृगौलाको डायलासिस गराउदै आएका छन्।

उनको मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएको भनी जानकारी पाए संगै प्रहरी बृत गौशालामा कार्यरत प्रहरी कर्मचारीहरुको समुहले मृगौला बिरामी पुनलाई नगद रु सत्तरी हजार दुई सय सहयोग हस्तान्तरण गरेको प्रहरी वृत्त गौशालाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक केशव कुमार थेवेले जानकारी दिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours