टाटा मोटर्सले आपतकालीन सर्भिस दिने 

१४ असाेज, काठमाडौं । टाटा मोटर्सले बाढी-पहिरो तथा डुबानबाट टाटा प्यारेन्जर गाडीमा पुगेको क्षति रोक्नका लागि आपतकालीन सर्भिस दिने भएको छ ।

यस सुविधा अन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै सुविधा लिन व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्ने छ ।

गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लागि गाडीलाई पूर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours