नुवाकोटको अदुवाबारीमा माइक्रोबस दुर्घटना, ३ जना घाइते

१४ असाेज, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित अदुवाबारीमा माइक्रोबस दुर्घटनामा परेको छ । काठमाडौंबाट लमजुङका लागि हिँडेको माइक्रोबस शिवपुरी गाउँपालिका–८ अदुवाबारीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । सो माइक्रोबस पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नुवाकोट हुँदै लमजुङ जाँदै गरेको बताइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours