तोलामा एक सय घट्यो सुन

१४ असोज, काठमाडौं । सोमबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ थियो । यसअघि शुक्रबार हालसम्मकै उच्च मूल्य १ लाख ६१ हजार २ सय रुपैयाँ थियो ।

चाँदीको भाउ पनि सोमबार तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १९४५ रुपैयाँ रहेको चाँदी १९४० मा झरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours