१२ घण्टापछि बन्द गरियो कुलेखानी ड्यामको ढोका

१३ असाेज, काठमाडाैं । ‘जलाशयको खतराको सतह भनेको १५ सय ३० मिटर हो, हामीले ड्यामको ढोका खोल्दा सतह १५३०.४ मिटर थियो । त्यसपछि हिजो राति १५२५.५ मिटरमा पानीको सतह आएपछि ढोका बन्द गरेका हौं । हामीले ढोका बन्द गर्दा वर्षा रोकिएको थियो,’ उनले भने ।

कुलेखानी जलाशयमा अधिकतम १५ सय ३१ मिटर सतह पुगेको बताए। ‘अहिले कुलेखानीको सहत १५२८.५ मिटर छ । १५ सय ३० मिटर आएपछि खतरा हुन्छ,’ उनले भने ।

भ्टटका अनुसार कुलेखानी पहिलो, दोस्रो र तेस्रो जलविद्युत् आयोजना अहिले पूर्णक्षमतामा सञ्चालनमा छ । कुलेखानी पहिलो ६० मेगावाट, दोस्रो ३२ र तेस्रोबाट १४ गरी कुल १ सय ६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ ।

तीन आयोजनामा पूर्णक्षमतामा निरन्तर सञ्चालनमा रहेको उनले बताए । मागभन्दा कम विद्युत् उत्पादन भएका बेलामात्र ती आयोजना सञ्चालन गरिन्छ । यसपटकको वर्षाका कारण बाँध भरिएर जोखिम बढेपछि विद्युत् उत्पादन नियमित गरिएको हो । जलाशयमा संकलन गरिएको पानीमध्ये ४६ मिटरमात्र विद्युत् उत्पादनमा प्रयोग हुन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours