विपद्को घडीमा एनसेलको साथ : सञ्चार सेवा सुनिश्चित गर्न निःशुल्क डेटा

१३ असाेज, काठमाडाैं । देशभर भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा लाखौं नेपालीहरूले सामना गरिरहेको अवस्थामा एनसेलले सञ्चार सेवा सुनिश्चित गर्न निःशुल्क डेटा निशुल्क गरेको छ ।

विपद्को समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरु सामान्य अवस्थामा भन्दा सञ्चार सेवाको आवश्यकता अझै झन बढी हुन्छ ।

एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेल आफ्ना ग्राहकलाई उनीहरुको परिवार, आफन्तजन, साथीभाइ र आवश्यक उद्धार तथा सहयोगका लागि सम्पर्कमा रहिरहन सञ्चार सेवा सुनिश्चित गर्न प्रतिबद्घ रहेको जनाएको छ।

भारी वर्षाका कारण सृजना भएको यस कठिन परिस्थितिलाई ध्यानमा राख्दै, एनसेलले हिजो शनिबार (असोज १२, २०८१) बिहानदेखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइसकेको छ ।

यस पहलले हाम्रा ग्राहकलाई परिवार, आफन्तजन, साथीभाइसँग सम्पर्कमा रहन, महत्वपूर्ण जानकारी प्राप्त गर्न, तुरुन्तै आवश्यक सहयोगको लागि सम्पर्क गर्न र सुरक्षित रहन सहयोग पुर्याउने उदेश्य लिएको थियो ।

निःशुल्क डेटा उपलब्ध गराउनुका साथै, कम्पनीले हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप गर्ने जनाएको छ ।

नेपाली जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरुसँग समन्वय र सहकार्य गरिरहेको भनेको छ । १ करोड ३० लाख भन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्ने एनसेल एक दूरसञ्चार सेवा प्रदायक कम्पनीमात्र नभई नेपाल र नेपाली समुदायहरूको एक अभिन्न अंग हो ।

विपद्को समयमा हामी एनसेल तपाईंको साथमा रहेको बताउँदै आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours