नमस्ते पेमा क्यासब्याकको लहर : उडान टिकटमा सय रुपैयाँका साथै अन्य सेवामा आकर्षक क्यासब्याक

१३ असाेज, काठमाडाैं । आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पेले उडान टिकटका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याकको अफर सुरु गरेको छ । यो अफर असोज ११ देखि कार्तिक ३० सम्म उपलब्ध हुनेछ ।

अफरअन्तर्गत नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, नेपाल टेलिकमका सेवाहरू जस्तै रिचार्ज, ल्यान्डलाइन, एफटीटीएच र एडीएसएलको बिल भुक्तानी तथा एन्सेल रिचार्ज गर्दा २५ क्यासब्याक प्राप्त गर्नसक्ने छन् ।

क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नु पर्दैन । क्यासब्याक हरेक टिकट र हरेक पटकको टपअप तथा बिल भुक्तानीमा लागू हुनेछ । अथवा प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत् जति धेरै लेनदेन गर्छन्, उति नै धेरै क्यासब्याक पाउनेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours