१३ असोज, काठमाडौं । रुरू जलविद्युत् परियोजनाले सेयरधनीका लागि १५ प्रतिशत बोनस सेयर र सोका लागि कर प्रयोजनार्थ नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले १ बराबर ०.८ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
यस कम्पनीको लगानी रहने भोजपुरको पिपुवाखोला जलविद्युत् ४.९ मेगावाट र पिखुवा पशुपति जलविद्युत् आयोजना ४.१ मेगावाटमा स्रोत जुटाउनका लागि हकप्रद निष्कासन गरिने कम्पनीले जनाएको छ ।
+ There are no comments
Add yours