प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम सम्पन्न

१३ असाेज, काठमाडाैं । प्राइम कमर्सियल बैंक लिमिटेडले १७औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ।

बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौ कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरि देशभर ६ स्थानमा रक्तदान कार्याक्रम सम्पन्न गरेको हो ।

उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरुगरी ३९२ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पुर्ण रक्तदाता तथा प्रबिधिकहरुलाई धन्यवाद दिदै, मानवजिवन रक्षाकोलागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजना गरि सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । आगामि दिनमा पनि यस्तै बिभिन्न सामाजिकसेवाका कार्यहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours