लगातार सात दिन रेकर्ड बनाएको सुनको भाउ आइतबार सामान्य घट्यो

१३ असाेज, काठमाडाैं । लगातार सात दिन रेकर्ड बनाएको सुनको भाउ आइतबार सामान्य घटेको छ । आइतबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घटेको हो ।

आइतबार छापावाला सुनको भाउ १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ६६९ दशमलव ७४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ दशमलव ८८ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours