त्रिभुवन विश्वविद्यालयमा भोलि असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गतेका लागि सारिएको छ।

१२ असाेज, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा भोलि असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गतेका लागि सारिएको छ। 

अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि त्रिभुवन विश्वविद्यालयले भोलिका लागि तय BSc/BA, BEd र BBS दोस्रो वर्षका परीक्षाहरु स्थगित गरेको हो।

स्थगित गरिएका परीक्षा असोज २१ गते हुने त्रिविले जनाएको छ। स्नातकोत्तर तहको भोलि हुने परीक्षा भने यथावत रहेको त्रिविले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours