अति भारी वर्षाको सम्भावना, कहाँ कति वर्षा भयो ? यी नदीहरूमा खतराको तह पार

१२ असाेज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभर भीषण वर्षा भएको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका ९८ स्थानमा धेरै वर्षा भएको छ ।

पाल्पाको कुमाल गाउँ स्टेसनमा पछिल्लो २४ घण्टामा २१६ मिलिमिटर वर्षा मापन भएको छ भने तनहुँको विमलनगर स्टेसनमा २५३ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै, भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ ।

जल तथम मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डक र, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानहरूमा अति धेरै वर्षाको पनि सम्भावना रहेको छ। देशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आइतबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ । मधेस,बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours