कोसीसहित १३ नदीले गर्‍यो सतर्कता तह पार, आसपासका क्षेत्रमा उच्च खतरा

११ असोज, काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलीया लगायतका १३ वटा नदीहरूमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ ।

विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै कनकाई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमासतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढीले खतरा तह पार गरिसकेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आह्वान गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours