सुनको भाउले लगातार ७ दिन बनायो नयाँ रेकर्ड

११ असाेज, काठमाडाैं । नको भाउले लगातार ७ दिन नयाँ रेकर्ड बनाएको छ । भदौ ५ गते १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ असोज ६ गते १ लाख ५८ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो ।

यस्तै असोज ७ गते १ लाख ५९ हजार २००, असोज ८ गते १ लाख ५९ हजार ७००, असोज ९ गते १ लाख ६० हजार ४००, असोज १० गते १ लाख ६० हजार ७०० कारोबार भएको थियो ।

शुक्रबार छापावाला सुनको भाउ १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ६६९ दशमलव ७४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ दशमलव ८८ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours