अरुण काबेली पावरले हकप्रद निष्काशन गर्ने

११ असाेज, काठमाडाैं । अरुण काबेली पावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

कम्पनीले होटल क्रिष्टल पशुपती, गौशाला, काठमाडौँमा, कात्तिक ४ गते, आइतबार, चौधौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ । यस्तै सभाले हकप्रदबाट संकलन भएको रकम मध्येबाट काबेली इनर्जी लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली ए जलविद्युत आयोजनको शेयरमा लगानी गर्ने, सो आयोजनामा लगानी गर्ने कुमारी बैंकलाई यस कम्पनीबाट प्रदान गरिएको संस्थागत जमानत अनुमोदन गर्ने, लेखापरीक्षक पनि नियुक्त गर्ने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १८ गते शुक्रबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours