काठमाडौंमा फ्रान्सेली शैक्षिक मेला हुँदै

१० असोज, काठमाडौं । विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि फ्रान्स सरकारले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।

फ्रान्सेली सरकारको पहलमा आयोजना हुन लागेको ‘चुज फ्रान्स टुर नेपाल २०२४’ मा सहभागी भएर विद्यार्थीहरूले फ्रान्समा उच्च शिक्षा हासिलका सम्भावनाबारे जानकारी प्राप्त गर्न सक्ने काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ ।

आगामी शनिबार सेप्टेम्बर २८ का दिन बिहान ११ देखि दिउँसो ४ बजेसम्म ललितपुरको धोबीघाट रोडमा रहेको अलाइन्स फ्रान्सेजमा शैक्षिक मेला आयोजना हुनेछ ।

मेलामा उच्च मावि उत्तीर्णदेखि विद्यावारिधि तहसम्मका विद्यार्थीहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।

‘चुज फ्रान्स टुर’ मा सहभागी हुने विद्यार्थीले फ्रान्सका १७ वटा प्रतिष्ठित शिक्षालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरी आफ्नो रुचिको विषयबारे जानकारी प्राप्त गर्न सक्नेछन्।

यी शैक्षिक संस्थाहरूले व्यवस्थापन, इन्जिनियरिङ्, मानविकी, कला, वास्तुकला र डिजाइन लगायतका विभिन्न क्षेत्रमा स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन गराउँछन्।

मेलामा सहभागी हुने विद्यार्थीहरूले छात्रवृत्तिको अवसर र भर्ना प्रक्रियाबारे पनि जानकारी हासिल गर्न सक्नेछन्।

शैक्षिक मेलामा नेपाल र फ्रान्सका शिक्षा क्षेत्रका विज्ञहरूबीच पनि सम्भावित सहकार्यबारे छलफल हुनेछ। आयोजकमध्येको एक ‘क्याम्पस फ्रान्स’ले फ्रान्समा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग र परामर्श प्रदान गर्ने गर्ने जानकारी दिएको छ।

मेलामा ‘क्याम्पस फ्रान्स’का प्रतिनिधिहरूले विद्यार्थीहरूलाई परामर्श प्रदान गर्नुका साथै छात्रवृत्ति, भिसा प्रक्रिया र फ्रान्समा विद्यार्थी जीवनबारे जानकारी दिनेछन्।

मेलामा फ्रान्सका विभिन्न विश्वविद्यालयहरूबाट स्नातकोत्तर गरेका नेपाली विद्यार्थीहरू पनि सहभागी भएर आफ्नो अध्ययन अनुभव लगायतबारे जानकारी दिने आयोजकले जनाएको छ ।

मेलामा अलाएन्स फ्रान्सेजले फ्रान्सेली भाषा सिकाइका फाइदाबारे जानकारी दिनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours