आयात घट्दा र रेमिट्यान्स बढ्दा शोधनान्तर स्थिति ४१ अर्बले बचतमा

१० असाेज, काठमाडाैं । चालु आर्थिक वर्षको साउन महिनामा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । सो अवधिमा आयात घट्दा र रेमिट्यान्स बढ्दा शोधनान्तर स्थिति बचतमा देखिएको हो ।

चालु आर्थिक वर्षको साउन महिनामा आयात ०.६ प्रतिशतले घटेको छ । त्यसैगरी रेमिट्यान्स १८ प्रतिशतले बढेको छ । यसले गर्दा शोधनान्तर स्थिति बचतमा पुगेको हो ।

चालु आर्थिक वर्षको साउन महिनामा चालु खाता ३० अर्ब ८९ करोडले बचतमा छ । गत आवको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ रुपैयाँ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४ लाखले बचतमा छ ।

चालु आवको साउन महिनामा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख रुपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २ अर्ब ६५ करोड रुपैयाँ थियो ।

चालु आवको साउनमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाखले बचतमा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours