सुनको मूल्यमा कीर्तिमान

१० असोज, काठमाडौं ।अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो ।

तोलामा तीन सय रुपैयाँले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । बुधबार प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६० हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि समान नै निर्धारण भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours