दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

०९ असोज, दाङ । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मंगलबार चट्याङ लागेको थियो । चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समीर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

चट्याङमा परेर ४२ वर्षीया निमकली साहु र उनकी ६ वर्षीया छोरी सविना साहु घाइते भएका छन् । दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours