न्यायाधीश नियुक्तिको प्रयासमा बारको विरोध

०९ असोज, काठमाडौं । अवकाश हुन लागेका प्रधानन्यायाधीशले न्यायाधीशको सिफारिस गर्न खाजेको भन्दै नेपाल बार एशोसिएसनले विरोध गरेको छ ।

बारले एक विज्ञप्ति जारी गरी न्यायपरिषद्को नियमावली नसच्याउँदासम्म उच्च अदालतमा न्यायाधीश नियुक्ति नगर्न चेतावनी दिएको हो ।

बिदामा बस्नुपर्ने प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र संसदीय सुनुवाइको प्रक्रियामा पुगेका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायतका न्यायपरिषद्का पदाधिकारीहरुले न्यायाधीश नियुक्तिसम्बन्धी निर्णय गर्न खोजेको भन्दै बारले विरोधको कार्यक्रम घोषणा गरेको हो ।

प्रधानन्यायाधीश श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण १८ असोजमा अवकास हुँदैछन् ।

गत वर्ष न्यायपरिषद्ले आफ्नो नियमावली संशोधन गरेको थियो । संशोधन अनुसार, न्यायसेवाबाट न्यायाधीश बन्नेहरु रजिष्ट्रार र मुख्यरजिष्ट्रारहरुको हकमा विशिष्ट श्रेणीको पदमा पुगेको मितिदेखि वरिष्ठताक्रम गणना हुने व्यवस्था गरिएको थियो ।

वरीयताक्रम हेरफेरले कतिपय न्यायाधीशहरुलाई मर्का परेको भन्दै बारले विरोध गरिरहेको छ । यसबारेमा समाधान खोज्न न्यायपरिषद्का सदस्य र कानुन व्यवसायी सम्मिलित समिति गठन भएको थियो । त्यसमा समेत सहमति जुटेन । बारले गत वर्षको विवाद नटुंगिदासम्म न्यायाधीश सिफारिस गर्न नहुने भन्दै विरोधका कार्यक्रम घोषणा गरेको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours