एनएमबि बैंकद्वारा पलेशा र प्रशिक्षक कविराज नेगीलाई नगद प्रदान

०९ असाेज, काठमाडाैं । एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्ग पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको थियो ।

उनको अभुतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार रुपैयाँ र उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रुपैयाँ प्रदान गरेको थियो । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गर्नुभएको थियो ।

पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तानतरण गरिएको थियोे ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours