सुनको भाउले लगातार ५ दिन बनायो नयाँ रेकर्ड

०९ असाेज, काठमाडाैं । सुनको भाउले लगातार ५ दिन नयाँ रेकर्ड बनाएको छ । भदौ ५ गते १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ भदौ ६ गते १ लाल ५८ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो ।

यस्तै भदौ ७ गते १ लाख ५९ हजार २००, भदौ ८ गते १ लाख ५९ हजार ७०० कारोबार भएको थियो ।

बुधबार छापावाला सुनको भाउ १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार चाँदी १ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ६५९ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ दशमलव ९३ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours