तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन

०९ असाेज, काठमाडाैं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०\८१ मा ३६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो आव २०७९\८० को तुलनामा छ करोड रुपैयाँले बढी हो ।

गत आवमा ३० करोड २१ लाख ४९ हजार चार सय ३२ रुपैयाँ सङ्कलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए । सङ्कलित रकममध्ये १२ करोड ८६ लाख ६७ हजार नौ सय ७४ रुपैयाँ सङ्घीय सञ्चित कोषमा, चार करोड ९५ लाख ७५ हजार दुई सय ८३ रुपैयाँ प्रदेश सञ्चित कोषमा दाखिला भएको छ भने बाँकी १८ करोड १३ लाख आठ हजार नौ सय ७० रुपैयाँ मध्ये ६० प्रतिशत जिल्लाका १० स्थानीय पालिकामा र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा दाखिला भएको छ ।

जग्गा वर्गीकरण लागू हुँदा जिल्लाका अधिकांश जग्गा आवासीय क्षेत्रमा वर्गीकरण गरिएका कारण राजस्व सङ्कलनमा वृद्वि भएको सो कार्यालयले जनाएको छ । कृषि जग्गाको तुलनामा आवासीय जग्गाको राजस्वदर बढी रहेकाले राजस्व वृद्वि भएको हो ।

बैंक तथा वित्तीय सङ्घसंस्थाले ऋण लगानी गरी असुली गर्न नसकेपछि लिलाम गरी दाखिला खारेजी गर्दा, घरजग्गाको न्यूनतम मूल्य छाडेर धितोमा कारोबारलगायत कार्यबाट उल्लेखनीय राजस्व सङ्कलन बढ्नुको अर्को कारण हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours