सिटिइभिटी उपाध्यक्षका लागि १३ जना छोटो सूचीमा

०९ असोज, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को उपाध्यक्ष पदका लागि आवेदकमध्येबाट १३ जनाको नाम छोटो सूचीमा परेका छन् । उपाध्यक्ष मनोनयनका लागि गठन गरिएको सिफारिस समितिका अनुसार छोटो सूचीमा परेकामा डा. खेमराज जोशी, टैलेन्द्र आचार्य, ओमप्रसाद बराल, डा. कुश्माकर भट्ट, राजबहादुर गिरी, भुवनेश्वर ढुङ्गाना, मिस्टरकान्त मैनाली, जीवनारायण काफ्ले परेका छन् ।

त्यस्तै हरिशङ्करप्रसाद साह, डा. ज्ञानबहादुर थापा, डा. महेन्द्रप्रसाद भट्ट, डा. सौरभराज जोशी र बिमला भट्टको नाम पनि छोटो सूचीमा परेको छ । छोटो सूचीमा परेकाका लागि असोज ११ गते तीन चरणमा प्रस्तुतीकरण तथा अन्तर्वार्ता सञ्चालन हुने छ । गत असारदेखि सिटिइभिटी उपाध्यक्ष पद रिक्त थियो । सिफारिस समितिले गत भदौ १७ गते उपाध्यक्षका लागि आवेदन आह्वान गरेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours