त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

०८ असोज, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिभुवन विश्वविद्यालयले एक सूचना निकालेर मौका परीक्षाबारे जानकारी गराएको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा‍‍. खड्ग के.सी.को अध्यक्षतामा समितिको हिजो बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, कानून, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका २०५८ सालदेखिका वार्षिक प्रणाली अन्तर्गत र २०६९ सालदेखिका सेमेस्टर प्रणालीका विद्यार्थीका लागि एक पटक मौका परीक्षा सञ्चालन गर्ने उल्लेख छ । साथै जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours