२५ सय तल झर्‍यो सेयर बजार, सबै क्षेत्रका सूचक घटे

०८ असोज, काठमाडौं । बुधबार पनि सेयर बजारमा ठूलै गिरावट देखिएको छ । यस दिन नेप्से परिसूचक २५ सयभन्दा तल झरेको छ ।

नेप्से अघिल्लो दिनको तुलनामा ५८.९३ अंक घटेको हो । सो अंकको कमीपछि २४७० मा कायम भएको छ । ११ : २५ बजे नेप्से २५४७ अंकसम्म पुगेको थियो, जुन इन्ट्राडेको उच्चतम विन्दु रह्यो । त्यसपछि भने बजार एकोहोरो ओर्लिरह्यो ।

१० कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ४.६ प्रतिशत घट्यो ।

बैंकिङ २.००, विकास बैंक ३.०३, होटल तथा पर्यटन २.६६, हाइड्रोपावर २.८०, लगानी २.९८, उत्पादन १.९५, माइक्रोफाइनान्स २.३८, निर्जीवन बीमा १.३९, अन्य २.७९ र व्यापार २.०७ प्रतिशत घटे ।
अपर स्याङ्गे हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत बढ्यो । इङवा हाइड्रोको ४.१ तथा सीवाईसी लघुवित्तको ४ प्रतिशत बढ्यो ।

हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । नेपाल फाइनान्सको ८.७, बुद्धभूमि हाइड्रोको ७.९, स्वेतगंगा हाइड्रोको ७.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधा

रमा एनएलजी इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours