सुनको मुल्य अहिलेसम्मकै उच्च

०८ असाेज, काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्यमा तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours