साफ यू-१७ च्याम्पियनसिपमा सुजन डंगोलको ह्याट्रिकमा नेपालले श्रीलंकालाई हरायो

०७ असोज, काठमाडौं । सुजन डंगोलको ह्याट्रिकमा नेपालले भुटानमा भइरहेको साफ यू-१७ च्याम्पियनसिपमा सोमबार श्रीलंकालाई ४-० ले पराजित गरेको छ ।

समूह बी को पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको नेपालले दोस्रो खेलमा भने श्रीलंकालाई जितेको हो । यो जितपछि नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा सुजनले चौथो, १३ औं र ३० औं मिनेटमा गोल गर्दै पहिलो हाफमा नै ह्याट्रिक पूरा गरे ।

विज्ञान खड्काले ८३ औं मिनेटमा नेपालका लागि अर्को गोल थपे ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको थियो ।

श्रीलंकाको भने यो लगातार दोस्रो हार हो । श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५-१ ले पराजित भएको थियो ।

नेपालले समूहको अन्तिम खेल बुधबार भुटानसँग खेल्नेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours