पक्राउ परे दुर्गा प्रसाईं

०६ असाेज, काठमाडाैं । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ। उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो। सो क्रममा अवरोध गर्न खोज्ने प्रसाईंका अंगरक्षकलाई पनि नियन्त्रणमा लिइएको थियो ।

साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरेको हो। प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours