नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न, ३० अभिकर्तालाई सम्मान

०६ असाेज, काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मिट द सिइओ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम सम्पन्न गरेको हो ।

मधेश प्रदेशबााट योग्य भएका करिब ३० जना अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले सहभागी सबै अभिकर्ताहरुलाई उनीहरुको लगन परिश्रमको कदर गर्दै मायाको चिनो प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

यस्तै स्किममा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पुर्ण अभिकर्ताहरुलाई प्रदेश स्तरिय सम्मान गर्ने क्रममा मधेश प्रदेशबाट पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको बताए । उनले नेपालभर बाट ३०० भन्दा बढि अभिकर्ताहरु छनौट भएको र मधेश प्रदेशबाट मात्रै ३० जना अभकिर्ताहरु छनौट हुन सफल भएकोले यो योजना अत्यन्तै सफल भएको बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours