गुटेरेससँग ओलीको प्रतिबद्धता : संक्रमणकालीन न्यायसम्बन्धी ऐनको सहज कार्यान्वयन गर्छौं

०६ असोज, काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग भेटवार्ता गरेका छन् ।

आइतबार बिहान अमेरिका स्थित संयुक्त राष्ट्रसंघीय नियोग नेपालको कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायका समस्यालाई सदाका लागि समाधान गर्न ऐनलाई सहज रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले महासचिव गुटेरेसको हालैको नेपाल भ्रमण र संसदमा सम्बोधनको स्मरण गरे । उनले नेपालले पीडित केन्द्रित दृष्टिकोण, सर्वोच्च अदालतको निर्देशन र अन्तर्राष्ट्रिय मान्यताका आधारमा सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन लागू गरेको सहर्ष जानकारी गराएको नियोगले जनाएको छ ।

ओलीले महासचिव गुटेरसलाई न्यानो स्वागत र प्रशंसाका लागि धन्यवाद दिएको नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours