जुवातास खेलेको आरोपमा ७ जना पक्राउ

०६ असोज, काठमाडौं । जुवातास खेलेको आरोपमा सात जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका-३ पिखेलबाट प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।

पिखेलस्थित जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ५१ वर्षीय दिपककुमार केसीसमेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ९५० रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताअनुसार जुवातास तथा सट्टेबाजी खेल्नु खेलाउनु नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours