इयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिप हुने, विजेतालाई १ लाख पुरस्कार

०६ असाेज, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन (इयूसेबोन)ले असोज ११ र १२ गते ‘इयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिप २०२४’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

‘वन ट्रफी, वन मार्केट, वन फेमेली’ नारासहित उक्त प्रतियोगिता धनयन्तरी फुटसल ग्राउन्ड र प्राइम फुटसल कालोपुलमा आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगितामा नेपाल धितोपत्र बोर्डसहित महिलातर्फ ९ तथा पुरुषतर्फ ३२ गरी जम्मा ४१ टिम सहभागी हुनेछन् । १५ मिनेट प्रतिटिम खेलाइने सो प्रतियोगिताको पुरुषतर्फ च्याम्पियनले ट्रफीसहित एक लाख नगद र रनर अपले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, महिलातर्फ च्याम्पियनलाई ६० हजार र रनरअपलाई ४० हजार तथा ट्रफीको व्यवस्था गरिएको छ । वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरूमा भाइचाराको सम्बन्ध विस्तार गर्न यो फुटसल आयोजना गरिएको इयूसेबोनका अध्यक्ष अजय ढुंगानाले बताए । यो क्षेत्रमा काम गर्ने कर्मचारीहरूबीच हुने प्रतिस्पर्धाले सबैमा आत्मियता र हार्दिकता बढ्ने ढुंगानाको भनाइ छ । यो फुटसल प्रतियोगिता प्रत्येक वर्ष यसै तालिकाअनुसार आयोजना हुने सोच रहेको अध्यक्ष ढुंगानाले बताए ।

प्रतियोगितामा क्यापिटल मर्चेन्ट बैंकिङ, नेप्से, सीडीएससी र ब्रोकर कम्पनीहरूले सहभागिता जनाउने बताइएको छ । प्रतियोगीतामा लक्ष्मी सनराइज बैंक मुख्य प्रायोजकको रूपमा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours