पृथ्वीले पाउँदैछ नयाँ चन्द्रमा, २ महिनासम्म गर्नेछ परिक्रमा

०६ असाेज, एजेन्सी । हाम्रो पृथ्वीले एउटा नयाँ फुच्चे चन्द्रमा प्राप्त गर्दैछ । तर, अहिलेको चन्द्रमा जस्तै त्यो नयाँ चन्द्रमा लामो समयसम्म रहने छैन ।

वास्तवमा पृथ्वीले प्राप्त गर्ने सो नयाँ फुच्चे चन्द्रमा एउटा क्षुद्रग्रह हो । जसको नाम २०४५ पिटी ५ हो । यो आकासीय पिण्डले आगामी सेप्टेम्बर २९ देखि नोभेम्बर २५ सम्म चन्द्रमाले जस्तै गरी पृथ्वीको परिक्रमा गर्नेछ ।

खगोलविदका अनुसार पृथ्वीको गुरुत्वाकर्षण बलले सो क्षुद्रग्रहलाई तान्नेछ र त्यसले पृथ्वीको कक्षमा परिक्रमा गर्न थाल्नेछ ।

पृथ्वीको परिक्रमापछि उक्त पिण्ड सूर्यको वरिपरि रहेको कक्ष अर्थात् हेलियोसेन्ट्रिक अर्बिटमा जानेछ।

उक्त क्षणिक चन्द्रमा र त्यसले भ्रमण गर्ने अर्ध गोलाकार कक्षका विषयमा Research Notes of the American Astronomical Society मा विस्तृतमा रिपोर्ट प्रकाशित भएको छ ।

खगोलविद्हरुले यो खगोलीय पिण्डलाई पहिलोपटक गत अगष्ट ७ मा देखेका थिए । दक्षिण अफ्रिकास्थित नासाको वेद्यशालामा रहेको प्रणालीले सो उक्त क्षुद्रग्रह पत्ता लगाएको हो ।

सो क्षुद्रग्रहको व्यास १६ देखि १३८ फिट सम्म रहेको अनुमान गरिएको भए पनि त्यसको आकार यकिन गर्न थप अवलोकन र तथ्यांक आवश्यक पर्ने शोधकर्ता फुएन्टे मार्कोसको भनाइ छ ।

यसअघि सन् २०१३ मा रुसको चेलियाबिन्स्कस्थित आकाशमा प्रवेश गरेको क्षुद्रग्रहभन्दा यसपटक पृथ्वीको कक्षमा प्रवेश गर्ने क्षुद्रग्रहणको आकार ठूलो रहेको बताइएको छ । सन् २०१३ मा देखा परेको क्षुद्रग्रहको ब्यास ५५ देखि ६५ फिटसम्म थियो ।

उक्त क्षुद्रग्रह वायुमण्डलमा विस्फोट हुँदा विशाल ऊर्जा उत्पन्न भएको थियो, जुन हिरोसिमामा खसालिएको अणुबमभन्दा २० देखि ३० गुणा धेरै हो । साथै त्यसबाट उत्पन्न चमक सूर्यको प्रकाशभन्दा पनि धेरै थियो । उक्त क्षुद्रग्रहको विस्फोटबाट पृथ्वीमा खसेका टुक्राहरुले ७ हजारभन्दा धेरै भवनहरुमा क्षति पुर्‍याउनुका साथै एक हजारभन्दा धेरै घाइते भएका थिए ।

तथापि अहिलेको २०२४ पिटी ५ क्षुद्रग्रह चाहिं पृथ्वीको कक्षमा चन्द्रमा जस्तै गरी घुम्नेछ र यो तत्काल तथा आगामी दशकौंसम्म पनि पृथ्वीसँग ठोक्किने खतरा नरहेको शोधकर्ता मार्कोस बताउँछन् । यो पिण्डले २६लाख माइल टाढाबाट पृथ्वीको परिक्रमा गर्नेछ, जुन पृथ्वी र चन्द्रमाको दूरीभन्दा १० गुणा धेरै हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours