०६ असाेज, काठमाडौं । आज सिइडिबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सिइडिबी हाइड्रोपावरले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि असोज ७ गते बुक क्लोज गर्दैछ। यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीलेमात्रै प्रस्तावित लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन्।
सिइडिबी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ का लागि ११ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। कम्पनीले आगामी असोज २१ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ। उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश पारित गरिनेछ।
+ There are no comments
Add yours