काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन

०५ चैत, काठमाडौं । काठमाडौंमा मुगुका तस्वीर र भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन सुरु भएको छ ।

शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त यसपटक मुगु जिल्लाको प्रर्दशनी सुरु गरिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको मुगु जिल्ला झल्कने गरी काठमाडौंमा तस्वीर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामग्रीहरू प्रर्दशनी सुरु गरिएको छ ।

प्रर्दशनीको अवलोकन गर्दै पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले यो तस्वीर, भिडियो प्रर्दशनीले कर्णाली प्रदेशको प्रर्वद्धन गर्न सहयोग पुग्ने बताए ।

उपसभापति खड्काले कर्णाली पर्यटकीय हिसाबले मात्र नभएर प्राकृतिकरुपले पनि अथाह सम्भावना बोकेको प्रदेश भएको बताए ।

मनघरी फाउण्डेशनको आयोजनामा शनिबार देखि सुरु भएको प्रर्दशनी सोमबारसम्म जारी रहने छ । प्रर्दशनीमा जिल्लामा अवस्थित धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित मुगु जिल्ला झल्कने गरी ३० वटा तस्वीरका साथै कर्णाली झल्कने भिडियो प्रर्दशनी र उत्पादित सामाग्री प्रर्दशनीमा राखिएको आयोजकले जनाएको छ ।

प्रर्दशनीमा कविराज कार्की, कुबेरराज कार्की र भरतबन्धु थापाका तस्वीरहरू रहेका छन् ।

संघीय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द, चित्र र भिडियोका साथै कर्णालीमा उत्पादित सामग्रीहरू मार्फत कर्णालीका सम्भावना र सुन्दरतालाई पस्कने क्रममा कनेक्टिङ कर्णाली सुरु भएको हो । यसअघि दैलेख र डोल्पाको प्रदर्शन भइसकेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours