प्रधानसेनापति सिग्देलले गरे पूर्वसेना प्रमुखहरुसँग छलफल

०५ असोज, काठमाडौं । नेपाल सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वसेना प्रमुखहरुसँग जंगीअड्डामा भेट गरेका छन् ।

शुक्रबार बेलुकी उनले सेनाका पूर्वप्रमुखहरुलाई बोलाएर सुझाव लिएका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार, सेना प्रमुख सिग्देलले प्रधानसेनापति नियुक्त भएपछि अग्रजहरुसँग छलफल गरेर सुझाव लिएको बताए ।

शुक्रबार साँझ भएको भेटमा पूर्वप्रधानसेनापतिहरु प्रभुराम शर्मा, पूर्णचन्द्र थापा, राजेन्द्र क्षेत्री, गौरव शमशेर राणा, प्यारजंग थापा, प्रज्वल शमशेर राणा लगायत सहभागी थिए ।

सिग्देल २४ भदौदेखि लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours